तेस्रो आइवार्ट शर्ट फिल्म प्रतिस्पर्धा सम्पन्न

पालिका डायरी
२४ मंसिर २०७८, २०:४३
तेस्रो आइवार्ट शर्ट फिल्म प्रतिस्पर्धा सम्पन्न

 

काठमाण्डाै / तेस्रो आइवार्ट शर्ट फिल्म प्रतिस्पर्धा २०२१ सम्पन्न भएको छ । टेलिभिजन तथा रेडियोमा कार्यरत महिलाहरूको अन्तर्राष्ट्रिय समूह आइवार्टको नेपाल च्याप्टरले राष्ट्रिय नाचघर काठमाण्डौमा तेस्रो संस्करणको लघु चलचित्र प्रतिस्पर्धा सम्पन्न गरेको हो ।

महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा आयोजना गरिएको शर्ट फिल्म प्रतिस्पर्धामा महिला निर्देशकले निर्देशन गरेका १७ लघु चलचित्र प्रस्तुत गरिएको थियो ।

प्रतिस्पर्धामा सरिता शाहको फिल्म फगुनिया पहिलो, पुष्प जोशी र एन्जिला चौधरीको ललिताले दोस्रो र श्रीस कुँवर र अस्मिता लावतीको चलचित्र समाइराले तेस्रो स्थान हासिल गरेको छ ।

१४ देशमा इकाइ तथा ५४ देशमा सदस्य रहेका आइवार्टको नेपाल च्याप्टरले यसअघि २०१९ र २०२० मा पनि प्रतियोगिताको आयोजना गरिसकेको छ ।

प्रतिक्रिया