आर्मीले च्यासललाई हरायाे, दाेस्राे स्थानमा उक्लियाे

पालिका डायरी
२४ मंसिर २०७८, २०:३१
आर्मीले च्यासललाई हरायाे, दाेस्राे स्थानमा उक्लियाे

 

काठमाण्डाै / आज शुक्रवार भएकाे दाेस्रो खेलमा जित हासिल गर्दै त्रिभुवन आर्मी क्लब अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

चौथो चरण अन्तर्गत त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएको खेलमा आर्मीले च्यासल युथ क्लबलाई दुई–शून्य गोल अन्तरले हराएकाे हो ।

आर्मीले खेलकाे पहिलाे हाफ नै दुई गाेल गरेकाे हाे । आर्मीका लागि जर्ज प्रिन्स कार्कीले खेलकाे १९ औँ मिनेटमा, जगजित श्रेष्ठले ३६ औँ मिनेटमा गोल गरे ।

आज पराजित च्यासल चार खेलबाट चार अंक जोडेर नवौं स्थानमा छ । याे जितसँगै आर्मीले चार खेलबाट आठ अङ्क पुर्‍याएकाे छ । च्यासल चार अङ्कसहित नवौँ स्थानमा यथावत् छ ।

प्रतिक्रिया