शुक्रबार २५९ संक्रमित थप हुँदा तीनजनाको मृत्यु

पालिका डायरी
२४ मंसिर २०७८, १६:२०
२९६ लाई कोरोना ८ हजार ९७२ परीक्षण

पछिल्लो २४ घण्टामा देशभर २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ६ हजार ४७२ पीसीआर परिक्षणका क्रममा २३२ जना र चार हजार १५ एन्टिजेन परिक्षणका क्रममा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या नौ लाख १९ हजार ५१४ पुगेको छ । त्यस्तै, कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ११ हजार ५५२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै, ३३७ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा आठ लाख ६ हजार २३७ जना निको भएका छन् । हाल नेपालमा पाँच हजार ९९७ जना सक्रिय संक्रमित आइशोलेशनमा रहँदा ९६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया