मकवानपुरका माओवादी नेता बलराम बल एमालेमा प्रवेश

पालिका डायरी
२४ मंसिर २०७८, १५:२६
मकवानपुरका माओवादी नेता बलराम बल एमालेमा प्रवेश

 

हेटौंडा/  नेकपा माओवादी केन्द्रका नेता तथा तत्कालीन नेकपाका मकवानपुर जिल्ला सचिव बलराम वल एमालेमा प्रवेश गरेका छन् ।

एमाले वागमती प्रदेश कमिटीले शुक्रबार आयोजना गरेको कार्यक्रमका बीच माओवादीका अन्य जिल्लास्तरीय नेता कार्यकर्तासहित उनी पार्टी प्रवेश गरेका हुन् । वललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले माला र खादा लगाएर पार्टी प्रवेश गराएका थिए ।

तत्कालीन जनमोर्चाको जिल्ला अध्यक्ष हुँदै माओवादीको जिल्ला नेतृत्वमा पुगेका थिए । उनी २०७४ को स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकामा कांग्रेस माओवादी गठबन्धनबाट उपमेयरको उम्मेदवार बनेका थिए ।

प्रतिक्रिया