कांग्रेस महाधिवेशनमा भाजपा र कांग्रेस आइका प्रतिनिधि आउँदै

पालिका डायरी
२३ मंसिर २०७८, १६:०१
कांग्रेसको महाधिवेशन कार्यतालिकामा संशोधन, २७ गते ८ बजेदेखि मतदान सुरु हुने

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनमा शुभकामना व्यक्त गर्नका लागि भारतका दुई दलका प्रतिनिधिहरू आउने भएका छन्। भारतीय सत्ताधारी दल भारतीय जनता पार्टी र कांग्रेस आइका प्रतिनिधिहरू नेपाल आउन लागेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

‘महाधिवेशनमा विदेशी पाहुनालाई पनि बोलाइएको छ। हालसम्म भारतीय जनता पार्टी र कांग्रेस आइका प्रतिनिधिहरू सहभागी हुने टुंगो लागेको छ,’ प्रवक्ता शर्माले भने।

महाधिवेशनको उद्धाटन कार्यक्रममा मुख्य राजनीतिक दलका नेता र विदेशी पाहुनाले सम्बाेधन गर्ने बताइएको छ। बिहीबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भएको केन्द्रीय समितिको बैठकपछि प्रवक्ता शर्माले यस्तो बताएका हुन्।
बैठकले महाधिवेशनमा पेस गरिने ४ प्रस्तावलाई समे पारित गरेको छ। कांग्रेसका दुई महामन्त्रीका दुई प्रस्ताव, नीति प्रशिक्षण प्रस्ताव र आर्थिक प्रतिवेदन पारित भएको प्रवक्ता शर्माले जानकारी दिए।

प्रतिक्रिया