एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या
काठमाडौं/ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ ।
रुघाखोकीसँगै ज्वरो आएपछि अध्यक्ष ओली बालकोटस्थित आफ्नै निवासमा आराम गरिरहेको उहाँको सचिवालयले जनाएको छ ।
अध्यक्ष ओली बिहीबार काठमाडौंको तीनकुनेस्थित एक पार्टी प्यालेसमा पत्रकारसँग छलफल गर्ने कार्यक्रम थियो ।
ओली अनुपस्थित भएपछि कार्यक्रममा उठेका प्रश्नको उप–महासचिव प्रदीप ज्ञवालीले उत्तर दिनुभएको थियो ।
प्रतिक्रिया