भिटेनको नयाँ गीत ‘गल्ली सडक’ युट्युव ट्रेन्डिङ वानमा

पालिका डायरी
२२ कार्तिक २०७८, १४:५४

हेटौंडा/ गायक समिर तामाङ ‘भिटेन’को नयाँ गीत ‘गल्ली सडक’ युट्युवको ट्रेन्डिङ एकमा पुगेको छ ।

एकसाता अघि अपलोड गरिएको उक्त गीत युट्युवको ट्रेन्डिङ एकमा परेको हो । उनको गीतमा नेपाली राजनीतिलाई व्यङ्ग्य गरिएको छ । उनी पहिलेबाटै गीतकै कारण आलोचित हुँदै आएका छन् ।प्रहरीले उनलाई गीतकै कारण पक्राउ गर्दै आएको छ । गीतको प्रयोग भएका भाषाका कारण उनलाई प्रहरीले पक्राउ गर्दै आएको थियो।

तर उनी सच्चिने भन्दै प्रहरीसामु प्रतिबद्धता जनाउँदै आएकाले छुट्दै आएका थिए । यो पटकको गीतमा पनि उनले भाषा उस्तै प्रयोग गरेका छन् । यो पटक उनले आफू पक्राउ पर्दाका अनुभवलाई गीतमा उतारेका छन् । यद्यपि उनको गल्ली सडक बोलको गीत डिजिटल बजारमा लोक्रप्रिय बनेको छ ।

प्रतिक्रिया