माल्दिभ्सबाट दुई लाख मात्रा खोप नेपाल आइपुग्यो
![माल्दिभ्सबाट दुई लाख मात्रा खोप नेपाल आइपुग्यो](https://www.palikadiary.com/wp-content/uploads/2021/11/maldives-e1635763407399.jpg)
काठमाडौँ / माल्दिभ्सबाट कोरोना भाइरसविरुद्धको खोप एस्ट्राजेनिका नेपाल आइपुगेको छ । माल्दिभ्स सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको दुई लाख एक हजार ६०० मात्रा खोप गए राति काठमाडौँ आइपुगेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ ।
महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालका अनुसार ती खोपलाई अहिले टेकुस्थित विभागको खोप भण्डारण कक्षमा राखिएको छ । खोप लगाउन बाँकीलाई उक्त खोप लगाइने उनले बताए । नेपालमा अहिलेसम्म ८६ लाख ६८ हजार ५९२ जनालाई पहिलो मात्रा र ७१ लाख ८९ हजार ६८९ जनालाई पूर्ण मात्राको खोप लगाइसकेको छ ।
प्रतिक्रिया