मेस्सीलाई सातौं पटक बालोन डी’ओर अवार्ड

पालिका डायरी
१४ मंसिर २०७८, ०७:३३
विश्वभरका पत्रकारहरूको निर्णायक मण्डलले गरेको मतदानमा बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्की दोस्रो र चेल्सी र इटालीका मिडफिल्डर जोर्गिन्हो तेस्रो भए ।मेस्सी सर्वाधिक यस अवार्ड जित्ने पहिलो खेलाडी बनेका छन् । यसअघि मेस्सीले सन् २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा अवार्ड जितेका थिए । मेस्सीपछि रोनाल्डोले पाँच पटक अवार्ड जितेका छन् । कोरोना महामारीका कारण गत वर्षको भने याे अवार्ड रद्द भएको थियो ।

३४ वर्षिय मेस्सीले बार्सिलोनाका लागि गत सिजन ४८ खेलमा ३८ गोल गरेका थिए । अर्जेन्टिनाको कप्तानी गरेका उनले जुलाईमा कोपा अमेरिकाको उपाधि जितेका थिए । त्यो उनको करियरको पहिलो प्रमुख अन्तर्राष्ट्रिय उपाधि हो ।

त्यसपछि पिएसजी पुगेका उनले लसम्म ११ खेल मात्र खेलेका छन् । चार गोल गरेका छन् ।

प्रतिक्रिया