थपिए १५८ संक्रमित, दुई जनाको मृत्यु

पालिका डायरी
१२ मंसिर २०७८, २१:०१
२९६ लाई कोरोना ८ हजार ९७२ परीक्षण

 

 नेपालमा पछिल्लो २४ घण्टामा १५८ जना कोरोना संक्रमित थपिएका छन् ।

देशभर ८ हजार ९१८ जनाको नमूना परीक्षण गर्दा १५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ६६०४ जनाको पीसीआर परीक्षण गर्दा १५४ र २३१४ एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ३४२ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

गत २४ घण्टामा दुई जना संक्रमितको मृत्यु भएको छ ।

हाल सक्रिय संक्रमितको संख्या ६ हजार ९६६ रहेको छ ।

प्रतिक्रिया