ओमिक्रोन आतंक : अफ्रिकी देशका नागरिकलाई नेपाल प्रवेशमा रोक

पालिका डायरी
१२ मंसिर २०७८, २०:४४
आइतबार (आज) गृह मन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका प्रशासन कार्यालयलाई अफ्रिकी देशका नागरिकहरुलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

कूटनीतिक, अफिसियल र आपतकालीन कामबाहेक सबै अफ्रिकी देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाइएको गह मन्त्रालयले जनाएको हो । उक्त निर्णय कार्यान्वयनका लागि अध्यागमन विभागले समेत आफू मातहतका अध्यागमन कार्यालयहरुलाई परिपत्र गरिसकेको बताइएको छ ।

यसका साथै अफ्रिकी मुलुक हुँदै यात्रा गरेका अन्य देशका नागरिकलाई पनि कोरोना परीक्षणको रिपोर्ट र औचित्यका आधारमा मात्रै आवश्यक निर्णय लिन निर्देशन दिइएको गृहले जनाएको छ ।

त्यस्तै विश्व स्वास्थ्य संगठन ‘डब्ल्यूएचओ’ले पनि नेपाललगायत दक्षिण–पूर्वी एसियाका देशहरुलाई उच्च सतर्कता अपनाउन सुझाव दिइसकेको छ ।

प्रतिक्रिया
griha-matralaya