ट्रकको ठक्करबाट बाबु छोराको मृत्यु

पालिका डायरी
११ मंसिर २०७८, १९:०९
भैरहवा /  शनिबार दिउँसो ट्रकको ठक्करबाट रुपन्देहीको भैरहवामा बाबु छोराको मृत्यु भएको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत भैरहवाको बर्मेली टोलस्थित चोकमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार स्याङ्गजाको चापाकोट नगरपालिका–४ का ५३ वर्षीय गितानाथ खनाल र उनका १३ वर्षीय छोरा सुदिपको मृत्यु भएको हो ।

बुटवलबाट बेलहियातर्फ जाँदै गरेको ना ३ ख ३८६० नम्बरको ट्रकले उनीहरु सवार ग ११ प ५४४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्याय रुपन्देहीले जनाएको छ ।

दुर्घटनापछि घाइते भएका उनीहरुलाई यूनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा लगिएको थियो । अस्पतालले उनीहरुलाई मृत घोषणा गरेको हो ।

प्रतिक्रिया