कांग्रेसको १४औँ महाधिवेशन प्रचार प्रसार समितिले पायो पूर्णता

पालिका डायरी
११ मंसिर २०७८, १८:३९

 

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनका लागि गठित प्रचार प्रसार समितिलाई पूर्णता दिएको छ। कांग्रेस केन्द्रीय समितिको कात्तिक २८ गतेको बैठकले पार्टीका प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख विश्वप्रकाश शर्माको संयोजकत्वमा १४औँ महाधिवेशन प्रचार प्रसार समिति गठन गरेको थियो।
समिति देहायबमोजिम रहेको छ ।

नवगठित समितिमा केन्द्रीय कार्यसमितिका सदस्यहरू जीवन परियार, किरण यादव, किरण गिरी, अभिषेकप्रताप शाह, आमन्त्रित केन्द्रीय सदस्यहरू— जनकराज कलौनी र दिलीप राई सदस्य रहेका छन्।
त्यस्तै, सूचना, सञ्चार तथा प्रचार विभागका पदाधिकारी एवं सदस्यहरू, भ्रातृ एवं शुभेच्छुक संस्थाका अध्यक्षहरू, नेपाली जनसम्पर्क समितिका अध्यक्ष र संयोजकहरू, नेपाल प्रेस युनियन, केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरू समितिको सदस्यका रूपमा रहने व्यवस्था गरिएको कांग्रेसले जनाएको छ।

त्यसैगरी, नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय अध्यक्षहरू, नेपाल प्रेस युनियन केन्द्रीय समितिका सल्लाहकारहरू, नेपाल प्रेस युनियन जिल्ला एवं प्रतिष्ठान शाखाका सभापतिहरू, काठमाडौंस्थित जिल्ला सम्पर्क समितिका सभापतिहरू सदस्य रहने गरी समितिलाई पूर्णता दिइएको कांग्रेसले जनाएको छ।

प्रतिक्रिया