मुलुकभर थप ३३२ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

पालिका डायरी
८ मंसिर २०७८, १७:४३
२९६ लाई कोरोना ८ हजार ९७२ परीक्षण

 

मुलुकभर पछिल्लो २४ घण्टामा ३ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ९२० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार ५९० जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय ५ जना र २ हजार ३३० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख १५ हजार ४०१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २३२ जना कोरोनामुक्त भए, ४ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ३२ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख १ हजार १२२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ९२० जनाको परीक्षण हुँदा हालसम्म कुल ५३ लाख ०४ हजार ११२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ४ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५१३ पुगेको छ ।

प्रतिक्रिया