कैलाली पुगेर प्रचण्डले भने- अहिले म प्रधानमन्त्री छैन तर प्रधानमन्त्रीभन्दा कम छैन

पालिका डायरी
८ मंसिर २०७८, १४:४१

 

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू अहिले प्रधानमन्त्रीभन्दा कम नभएको बताएका छन् ।

कैलालीको भजनी नगरपालिकाको प्रशासकीय भवन उद्घाटनका क्रममा प्रचण्डले आफु प्रधानमन्त्री भन्दा कम नभएको बताएका हुन् । कुनै समय एउटे पार्टीमा रहेर केपी ओलीसँग काम गरेको समयको जस्तो अहिले नभएको भन्दै उनले भने, अहिले म प्रधानमन्त्री त छैन, तर प्रधानमन्त्रीभन्दा कम छैन ।’

साथै, अध्यक्ष प्रचण्डले ओलीका कारण राजनीतिक स्थायित्वको आफ्नो सपना साकार हुन नसकेको टिप्पणी समेत गरे । प्रचण्डले यो गठबन्धन धेरै जाँदैन भन्नेलाई सरकारले जवाफ दिन थालेको पनि बताए । प्रचण्डले गठबन्धन अझै बलियो बन्दै गएको पनि दाबी गरे ।कैलाली पुगेर प्रचण्डले भने, अहिले म प्रधानमन्त्री छैन तर प्रधानमन्त्रीभन्दा कम छैन

धनगढी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू अहिले प्रधानमन्त्रीभन्दा कम नभएको बताएका छन् ।

कैलालीको भजनी नगरपालिकाको प्रशासकीय भवन उद्घाटनका क्रममा प्रचण्डले आफु प्रधानमन्त्री भन्दा कम नभएको बताएका हुन् । कुनै समय एउटे पार्टीमा रहेर केपी ओलीसँग काम गरेको समयको जस्तो अहिले नभएको भन्दै उनले भने, अहिले म प्रधानमन्त्री त छैन, तर प्रधानमन्त्रीभन्दा कम छैन ।’

साथै, अध्यक्ष प्रचण्डले ओलीका कारण राजनीतिक स्थायित्वको आफ्नो सपना साकार हुन नसकेको टिप्पणी समेत गरे ।

प्रतिक्रिया