द भ्वाइस किड्सकी कोच प्रविशाले इन्गेजमेन्ट गरिन्, मंसिर ५ गते बिहे

पालिका डायरी
३ मंसिर २०७८, ०९:३९
द भ्वाइस किड्सकी कोच प्रविशाले इन्गेजमेन्ट गरिन्, मंसिर ५ गते बिहे

गायिका प्रविशा अधिकारीले इन्गेजमेन्ट गरेकी छिन्। तथा ‘द भ्वाइस किड्स’की कोचसमेत रहेकी उनले आफ्ना प्रेमी निर्माण सिटौलासँग बिहिबार टिकाटालो गरेकी हुन्।

लामो समयदेखि अमेरिकामा बस्दै आएका निर्माण झापा चारपानेका हुन्। उनीहरूले झापामै टिकाटालो गरेका हुन्।

प्रविशा र निर्माणको बिहे आगामी मंसिर ५ गते हुने भएको छ। बिहेकै लागि निर्माण केही समय अगाडि नेपाल आएका हुन्।प्रविशाले गाएका दर्जन बढी गीतले दर्शकको मन जितिसकेका छन्। पछिल्लो समय प्रविशा ‘द भ्वाइस किड्स’को कोच बनेकी छन्।

प्रतिक्रिया