भेटाएको ६ लाख रुपैंया सम्बन्धित धनिलाई फिर्ता

पालिका डायरी
२ मंसिर २०७८, १७:२५

हेटौंडा / मकवानपुरको हेटौंडा उपमहानगरपालिका १४ घर भएकी ५३ बर्षिय ठुलीमाया स्याङतानको हराएको रकम फिर्ता भएको छ । बिहीबार दिउँसो १२ः३० बजेको समयमा अटोमा यात्रा गर्ने क्रममा ६ लाख रुपैंया हराएको भनि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा मौखिक उजुरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीको अनुसन्धानको क्रममा हेटौंडा ९ घर भएका एक अटो चालकले उक्त रकम फेला पारी फिर्ता गरेको मकवानपुर प्रहरीले जनाएको छ ।
ना १ ह ७०४९ नम्बरको अटो चालक ३१ बर्षिय उदय सिं मोक्तानले सो रकम आफ्नो अटोमा फेला पारी आफैले प्रहरी सामु जानकारी गराएर सो रकम स्याङतानलाई फिर्ता गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 

प्रतिक्रिया