आज सेयरमा सबभन्दा धेरै कमाउने र गुमाउने ५ कम्पनी कुन हुन्?

पालिका डायरी
२ मंसिर २०७८, १६:२३

तीन दिन लगातार हरियाली भएको सेयर बजार बिहीबार फेरि ओरालो लागेको छ। आज परिसूचक ३२.३९ अंकले घटेर २७६९.१३ कायम भएको छ।

बिहीबार थुप्रै कम्पनीहरूको मूल्य कम भएको छ। कारोबार भएका कम्पनीमध्ये आज २२ वटाको मात्र मूल्य बढेको छ। १६० कम्पनीको मूल्य कम भएको छ भने ५ कम्पनीको मूल्य स्थिर छ।

आज अंकसँगै कारोबार रकम पनि घटेको छ। बुधबार सात अर्ब ३७ करोड बढीको कारोबार भएकामा बिहीबार ६ अर्ब २७ करोड बढीको मात्र भएको छ।

आज एक कम्पनीको मात्र दस प्रतिशत मूल्य बढेको छ।

हेर्नुहोस् आज सबभन्दा धेरै कमाउने पाँच कम्पनीहरूः

मानुषी लघुवित्तः १०.०० प्रतिशत

तेह्रथुम पावर कम्पनीः ९.९९ प्रतिशत

नारायणी विकास बैंकः ६.५२ प्रतिशत

फर्स्ट माइक्रो फाइनान्स विकास बैंकः ६.४९ प्रतिशत

मन्जुश्री फाइनान्सः ३.५१ प्रतिशत

आज सबभन्दा धेरै गुमाउने पाँच कम्पनीहरूः

मैलुङ खोला जलविद्युतः -५.०३ प्रतिशत

शिवश्री हाइड्रोपावरः -४.५२ प्रतिशत‍

माउन्टेन इनर्जीः -४.४९ प्रतिशत‍

हिमालयन पावरः -४.४७ प्रतिशत

हिमालयन ऊर्जा विकासः -४.४५ प्रतिशत

प्रतिक्रिया