नेप्से आज १६ अंकले बढ्दा टेलिकमको सर्वाधिक कारोबार

पालिका डायरी
१ मंसिर २०७८, १६:३४
नेप्से आज १६ अंकले बढ्दा टेलिकमको सर्वाधिक कारोबार

 

काठमाडौं/ शेयर बजारमा आज भारी अंकको बृद्धि भएको छ । बुधबार नेप्से १६ दशमलव ९५ अंकले बढेर २८ सय १ दशमलव ५२ उच्च विन्दु कायम भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव ९८ अंकले बृद्धि भएर ५२५ दशमलव ४४ उच्च विन्दुमा पुगेको हो ।

आज २२४ कम्पनीको ७७ हजार ५१८ पटक शेयर कारोबार भएर ७ अर्ब ३७ करोड ९४ लाख ४६ हजार ८२० रुपैयाँ बराबरको १ करोड १९ लाख ४३ हजार ८५८ कित्ता किनबेच भएको नेप्सेले जनाएको छ। बुधबार सबैभन्दा धेरै नेपाल टेलिकमको कारोबार भएको छ । कम्पनीको आज ५८ करोड ६८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको हो ।

प्रतिक्रिया