विश्वकप एसिया छनौँट : चीनले अष्ट्रेलियासँग बराबरी खेल्यो
![विश्वकप एसिया छनौँट : चीनले अष्ट्रेलियासँग बराबरी खेल्यो](https://www.palikadiary.com/wp-content/uploads/2021/11/austirlia-vs-chin-992x438.jpg)
एजेन्सी / आगामी २०२२ मा कतारमा हुने विश्वकप फुटबलका लागि एशियाली छनौट खेलमा चीनले अष्ट्रेलियासँग बराबरी खेलेको छ ।
गएराति भएको खेलमा चीनले अष्ट्रेलियासँग १\१ गोलको बराबरी खेलेको हो । खेलको सुरुवाती चरणमा अष्ट्रेलियाका लागि मिचेल डुकले गोल गरेका थिए । तर खेलको ७० औं मिनेटमा चीनले पेनाल्टी मार्फत गोल फर्काएपछि बराबरी भएकाे थियो । चीनका लागि वु लीलेगोल गरेका थिए ।
त्यसयता दुवै टोलीले कुनै पनि गोल गर्न सकेका थिएनन् । यो सँगै दुवै टीमले १\१ अंक बाँडेका छन् ।
यो खेलसँगै अस्ट्रेलियाले ६ खेलबाट ११ अंक बनाउँदै समूह बीको तेस्रो स्थानमा रहेको छ । ६ खेल नै खेलेको चीनले ५ अंक जोडेर पाँचाै स्थानमा रहेको छ ।
प्रतिक्रिया