नेपालमा एकैदिन ३ सय ७७ जना कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा थप ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ८२ पुगेको छ।
मंगलबार १७० जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ७ हजार ४७६ सक्रिय संक्रमित रहेका छन्।
गत चौबीस घन्टामा ६ हजार ५०५ पीसीआर तथा २ हजार ६४४ एन्टिजेन परीक्षण भएको छ।

प्रतिक्रिया