९१ जनाले गराए निःशुल्क मधुमेहको परिक्षण तथा उपचार

पालिका डायरी
२८ कार्तिक २०७८, १३:१४

 

हेटौंडा/ विश्व मधुमेह दिवसको अवसरमा हेटौंडामा निःशुल्क मधुमेह रोगको परिक्षण तथा उपचार गरिएको छ । लायन्स क्लब अफ हेटौंडा भुटनदेवी र लियो क्लब अफ हेटौंडा भुटनदेवीको आयोजनामा भएको स्वास्थ्य परिक्षणमा पञ्चमुर्ति आयुर्वेद क्लिनिकको प्राविधिक सहयोग तथा निःशुल्क मधुमेह परिक्षण तथा औषधी वितरण गरिएको पञ्चमुर्ति आयुर्वेद क्लिनिकका सञ्चालक डाः नितेश गिरीले बताए ।

आइतबार बिहान हेटौंडाको चिल्ड्रेन पार्कमा सम्पन्न भएको स्वास्थ्य परिक्षणमा ९१ जनाले मधुमेह जाँच, उपचार तथा औषधी सेवा लिएको डाः गिरीले जानकारी दिए । पञ्चमुर्ति आयुर्वेद क्लिनिक को तर्फबाट निशुल्क मधुमेह तथा प्रेशर को जाँच गरि खानपान तथा जिवनशैली जन्य सल्लाह सुझाव र मधुमेह को औषधी दिईएको थियो । उक्त कार्यक्रममा लायन्स क्लबका अंकिता सुमार्गी, गायत्री श्रेष्ठ, शरिदी श्रेष्ठ तथा अन्य सदस्यहरु को उपस्थिति थियो । पञ्चमुर्ति आयुर्वेद क्लिनिकबाट डाक्टर नितेश कुमार गिरी र बन्दना नेपाल उपचारमा सहभागी रहेका थिए ।

यस अघि पनि उक्त आयुर्वेद क्लिनिकको निःशुल्क प्राविधिक सहयोगमा विभिन्न स्वास्थ्य शिविरहरु सञ्चालन गरिँदै आइरहेको समेत डाःगिरीले जानकारी दिए ।

प्रतिक्रिया