हेटौंडाका बिजुलीका पोलमा लत्रिएका तार हटाउँदै नगरप्रहरी

पालिका डायरी
२५ कार्तिक २०७८, ११:५९
हेटौंडाका बिजुलीका पोलमा लत्रिएका तार हटाउँदै नगरप्रहरी

हेटौंडा/  हेटौंडा उपमहानगरपालिका क्षेत्रका बिभीन्न स्थानमा बिधुतका पोलमा लत्रिएका कालो तार हटाउने अभियानमा नगरप्रहरी लागिपरेको छ । शहर बजारको सोभानै बिगार्नेगरी बिजुलीका पोलमा असरल्ल छरिएका तारहरु हटाउन थालिएको हो ।

केबल कम्पनिका तार, इन्टरनेट कम्पनिका तारहरुलाई हटाउन सुरु गरिएको उपमहानगरपालिकाका नगप्रहरी इन्चार्ज नेत्र प्रसाद ढकालले वताउनुभयो । इन्टरनेट र केवलका तारले गर्दा बजार क्षेत्रलाई कुरुप वनाउँदै गएकाले व्यवस्थित नगर्नेहरुको तार काट्ने समेत चेतावनी उपमहानगरपालिकाले दिएको छ ।

बिजुलीका पोलमा गुजुल्टीएका तारका कारण हेटौंडा बजार क्षेत्रमा नराम्रो देखिएको छ । यस्ता तारहरु हेटौंडाको मुख्यमन्त्री कार्यालयरोड, निवास वरपरबाट हटाइएको छ । अब पनि यस कामलाई निरन्तर रुपमा अगाडी बढाइने भएको छ ।

प्रतिक्रिया