फेरि बढ्यो पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य, कुनको कति पुग्यो ?

पालिका डायरी
२५ कार्तिक २०७८, ११:५०
फेरि बढ्यो पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य, कुनको कति पुग्यो ?

काठमाडौं / पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । बुधबार नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढाएको जानकारी दिएको हो ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलमा लिटरमा तीन तीन रुपैयाँले बढाएको हो। अब पेट्रोल लिटरको १ सय ३६ रुपैयाँ, डिजेल र मट्टितेल लिटरको १ सय १९ रुपैयाँ कायम भएको छ ।

यस्तै खाना पकाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाले बढेको छ । अब यसको मूल्य १५ सय ७५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया