अर्थ सम्बन्धि समस्या हल गरिदिन अर्थमन्त्री शर्मालाई अध्यक्ष अग्रवालको पत्र

पालिका डायरी
१४ कार्तिक २०७८, २१:३३

हेटौंडा / मकवानपुर उद्योग वाणिज्य संघका नव निर्वाचित अध्यक्ष कृष्णकुमार अग्रवाल गुप्ताले व्यवसायमा अर्थ क्षेत्रको समस्याहरु हल गर्नको लागि पहल गरिदिन अर्थमन्त्री जर्नादन शर्मा समक्ष पत्र बुझाएका छन् । आइतबार हेटौंडामा एक कार्यक्रमका लागि आएका अर्थमन्त्री शर्मालाई अध्यक्ष गुप्ताले १२ बुँदे पत्र पेश गरेका हुन् ।
व्यवसाय क्षेत्रमा रहेका विभिन्न समस्या र जटिलतालाई सरलीकृत गर्न जरुरी रहेको भन्दै अर्थमन्त्री शर्माको कार्यकालमा उक्त समस्याहरु हल गर्नको लागि पहल गरिदिन अनुरोध गर्दै उक्त पत्र पेश गरिएको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष गुप्ताको भनाइ छ ।

कर सम्बन्धमा एकद्धार प्रणाली कायम गर्न, अण्डर विलिड्डको समस्या भन्सार वा उत्पादन स्थलबाटै हल गर्नको लागि पत्रमा उल्लेख गरिएको छ । यस्तै नापतौल कार्यालय बागमती प्रदेशमै स्थापना गर्न समेत पहल गरिदिन अनुरोध गरिएको छ भने साना व्यवसायीलाई उच्च प्राथमिकता दिँदै वजेटमा उचित सम्बोधन गर्न पहल गरिदिन आग्रह गरिएको छ । यस्तै बंैक व्याज एक डिजिटलबाट नबढ्ने प्रबन्ध मिलाउन पहल गर्न आग्रह गरिएको छ भने स्थानीय खाद्यान्न उत्पादनमा लाग्ने अन्तशुल्क खारेज गर्न आग्रह गर्दै दोहोरो दर्ता प्रणाली खारेज गर्न पहल गरिदिन लगाएतको अनुरोध गर्दै अर्थमन्त्री शर्मालाई अध्यक्ष गुप्ताले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

 

प्रतिक्रिया