तिहार नजिकिए सँगै कृत्रिम फूलको माग बढ्दो

पालिका डायरी
१४ कार्तिक २०७८, २०:५०

सुनिता बिष्ट

हेटौंडा/हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार नजिकएसँगै कृत्रिम फूलले हेटौंडा बजार रंगिन हुन थालेको छन् । हेर्दा आकर्षक तथा राम्रो देखिने, माला उन्न झन्झटिलो पनि नहुने र सहजै रुपमा प्रयोग गर्न सकिने भएकाले यतिबेला कृत्रिम फूलको मालाको प्रयोग बढ्दै गएको पाइन्छ । कागज तथा प्लाष्टिकबाट बनाइएका विभिन्न प्रकारका मालाहरु घरमा सजाउनको लागि प्रयोग हुने गरेको हेटौंडाका फूलमाला व्यापारीहरु बताउँछन् । अहिले तिहार लक्षित गरेर प्रायः हरेक कस्मेटिक पसल, कपडा पसल, फलफूल तथा किराना पसल तथा सडकको छेउछाउ समेत कृत्रिम फूलका माला पसलहरु सञ्चालन गरिएका छन् । तिहार नजिकिए सँगै त्यसत घर सजावटको लागि प्रयोग गरिने मालाहरुको व्यापार पनि उत्तिकै हुने गरेको व्यापारीहरु बताउँछन् ।

उनीहरुको अनुसार केही पहिलेको तुलनामा वर्षेनी कृत्रिम फूलहरु किन्ने ग्राहकको संख्या बढेको छ। तिहारका लागि गाउँमा रोपिएका फूलहरु समयमा नै नफुल्ने तथा एकपटक किनेको माला २÷४ बर्षसम्म पनि धोएर प्रयोग गर्न मिल्ने हुनाले कृत्रिम फूलमा मानिसहरुको आकर्षण बढेको हुनसक्ने कान्तिराजपथ ४ मा रहेको लत्ता कस्मेटिक पसलमा कृतिम फूलका मालाहरु बिक्री गरिरहेका उक्त पसलका संचालक राहुल झा बताउँछन् । सयपत्री, मखमली फूलको माला तिहार सुरु भएपछि मात्रै बिक्री हुने भएपनि कृृतिम फूलका मालाहरु भने केहि दिनअघि देखि नै बिक्री हुन थालेको झा बताउँछन् ।


रबरबाट बनेका फूलका माला धेरै समयसम्म नओइलाउने र झट्ट देख्दा राम्रो र आकर्षक देखिने भएकाले पनि कृत्रिम फूलको प्रयोग गर्नेहरुको संख्यामा बढ्दो क्रम रहेको स्थानीय व्यापारीहरु बताउँछन् । पहिले पहिले फाट्फुट्ट मात्रै देखिने गरेका कृत्रिम फूलहरु आजभोली सबैको पहिलो रोजाइमा पर्न थालेको पाइन्छ । सयपत्री फूलको अभाव पनि र पाइएपनि महड्डो हुने जस्ता कारणले गर्दा पछिल्लो समय कृत्रिम फूलका माला नै सबैको रोजाइमा पर्न थालेको हेटौंका व्यापारीहरु बताउँछन् ।

हेटौंडा १ बुद्धचोकमा सडको छेउमै पलाष्टिकको माला किनिरहेकी लिला सुवेदी सयपत्री फूलको माला पूजाआजा गर्ने बेला जस्तै लक्ष्मि पूजा तथा भाइटिकाको दिनमो लागि मात्रै किन्ने विचारमा रहेकी बताउँछिन् । घरको झ्यालढोका कागज र पलाष्टिकबाटै बनेको रेडिमेड मालाहरु लगाएर सजाउने सोचले आफूले यस्तो माला किनेको बताउँदै, यस्तो मालाहरु भए अर्को बर्षको तिहारमा पनि काम लाग्छ । फूलको माला पनि चाहिन्छ चाहिन त । सयपत्रीको मालाको मुल्य धेरै पर्छ । त्यसैले धेरैे चाहिने र सजावटको लागि यहि मालाहरु राख्ने र पूजा गर्ने समयमा मात्रै सयपत्री फूलको माला किन्छु, उनले भनिन् ।

त्यसो त प्राकृतिक फूलको महत्व आफ्नै हुने र कृत्रिम फूल राम्रो र सुन्दर मात्र देखिएको तर त्यसको खासै महत्व नभएको जानकारहरु बताउँछन् । पुर्खाहरुले प्रयोग गर्दै आएको मखमली, सयपत्री र गोदाबारीको महत्व बुझ्न नसकेका कारण पछिल्लो समय कृत्रिम फूलमा आकर्षण बढेको ठम्माँई छ । अहिले बजारमा कृत्रिम फूलबाट बनाइएका मालाहरु न्युनमत १ सय रुपैंया देखि १ हजार रुपैयाँ सम्ममा बिक्री हुने गरेको छ ।

 

प्रतिक्रिया