एमसीसी लागू भएको छैन, मागियो कर्मचारी !

पालिका डायरी
१४ कार्तिक २०७८, १८:२१

 

काठमाण्डौ/ अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) विरुद्ध चौतर्फी विरोध भइरहेको बेला नेपालस्थित मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) ले तीन जना कर्मचारीको माग गरेको छ ।

 

बिहीबार एमसीएको नेपाल विकास बोर्डले सूचना जारी गर्दै सडक मर्मत तथा प्राविधिक सहयोगका लागि आयोजना व्यवस्थापक, योजना व्यवस्थापकर सञ्चार विज्ञ गरि तीन पदमा कर्मचारी माग गरेको हो ।

माग गरिएका कर्मचारीको योग्यता स्नातक तह उत्तीर्ण भई एमसीएले तोकेबमोजिम सम्बन्धित कार्यका लागि अनुभव पनि चाहिने सूचनामा उल्लेख छ ।

योजना व्यवस्थापक पदका लागि स्नातक उत्तीर्ण भई अकाउन्टिङ, बैंकिङलगायत क्षेत्रमा ७ वर्ष अनुभव लिएको हुनुपर्ने भनिएको छ । योजना व्यवस्थापकका लागि सिभिल इन्जिनियरिङ, इन्जिनियरिङलगायत गरि सम्बन्धित क्षेत्रमा १० वर्ष अनुभव हासिल गरेको हुनुपर्ने छ भने सञ्चार विज्ञको पदका लागि मास कम्युनिकेसन, डिजिटल कम्युनिकेसन्स वा सो सरहको क्षेत्रमा स्नातक हासिल गरेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

साथै, सञ्चार विज्ञ पदका लागि डिजिटल मिडिया र ब्रान्ड प्रबन्धलगायत क्षेत्रमा पाँच वर्षको अनुभव पनि आवश्यकता रहेको सूचनामा उल्लेख छ ।

एमसीएले जुनसुुकै जाति, वर्ग, धर्म, समुदायका उम्मेदवारले आवेदन दिन सक्ने भनेको छ । तर, एमसीसी नेपालमा लागू नभइ कर्मचारी मागेकाे छ ।

 

प्रतिक्रिया