हेटौंडामा ट्याक्टरले अटोलाई ठक्कर दिँदा एकको मृत्यु

पालिका डायरी
१० कार्तिक २०७८, १३:४६
accident

हेटौंडा / मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ मनकामना चोकमा ट्याक्टरको ठक्करबाट अटो रिक्सामा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ४५ वर्षीय पदमबहादुर विक रहेका छन् ।

मंगलबार बेलुका फारलाइनबाट मनकामना चोकतर्फ जाँदै गरेको ना ३ त ३६६८ नंबरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको ना २ ह ५८६५ नंबरको अटो रिक्सालाई ठक्कर दिंदा विक गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

विकको चुरे हिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया