भारतकाे कानपुरमा जिका भाइरसको पहिलो केस, स्वास्थ्य विभाग ‘अलर्ट मोड’मा

पालिका डायरी
८ कार्तिक २०७८, १७:४०

 

एजेन्सी । कानपुरमा जिका भाइरस संक्रमणको पहिलो केस फेला परेको छ । उत्तर प्रदेशमा जिका भाइरसको यो पहिलो केस पनि हो।

भारतीय वायुसेनाका एक कर्मचारीमा संक्रमण पुष्टि भएको छ हो । उनको वायुसेना अस्पतालमा उपचार भइरहेको छ ।

उनी उक्त अस्पतालमा विगत १० दिनदेखि उपचार गराइरहेका छन् । जिका जस्ता लक्षण देखिएपछि अस्पताल प्रशासनले उनको नमूना नेशनल इन्स्टिच्युट अफ भाइरोलोजी (एनआईभी), पुणेमा पठाएको थियो।

परीक्षणले उनलाई जिका भाइरस पोजेटिभ भएको पुष्टि गरेको थियो ।अब केजीएमयू (लखनऊ) बाट डा मानवेन्द्र त्रिपाठी र एम्स दिल्लीबाट डाक्टर केजी चौधरीले उनको टोली संग उपचार गर्न थालेका छन्।कानपुर डीएम विशाख जी अय्यरका जानकारी अनुसार बिरामीको अवस्था अझै स्थिर रहेको छ ।

कानपुरका मुख्य चिकित्सा अधिकारी डा नायपाल सिंहले जिका भाइरसको पुष्टि भएसँगै परदेवनपुरवामा रहेको उक्त कर्मचारीको घरको एक किलोमिटरको क्षेत्रलाई कन्टेन्मेन्ट जोन घोषित गरिएको बताए।

अलर्ट मोडमा काम गर्दै आइतबार पहिलो दिन स्वास्थ्य विभागका २४ टोलीले तीन सय घरमा १३ सय जनाको चेकजाँच गरिएको थियो । उक्त जाँचमा ज्वरो र दुखाइको लक्षणसंग मानिसहरु ११२ मानिसहरुमा पाइएको छ।

प्रतिक्रिया