सिनामंगलबाट एक दर्जन अफगानीहरु नियन्त्रणमा, युएनएचसीआरले गोप्य रुपमा राखेको खुलासा

पालिका डायरी
८ कार्तिक २०७८, ११:५४
सिनामंगलबाट एक दर्जन अफगानीहरु नियन्त्रणमा, युएनएचसीआरले गोप्य रुपमा राखेको खुलासा

 

काठमाडौं /राजधानीको सिनामंगलबाट प्रहरीले ११ जना अफगान नागरिकलाई नियन्त्रणमा लिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीको टोलीले आज सिनामंगलको एक घरमा छापा मारेर ११ जनालाई नियन्त्रणमा लिएको हो ।

सुनौली नाका हुँदै केही दिनअघि नेपाल छिरेका उनीहरुलाई राष्ट्रसंघीय शरणार्थी उच्चायोगले सिनामंगलस्थित एउटा घरमा राखेको बुझिएको छ । उनीहरुलाई अध्यागमन कार्यालयमा बुझाउने तयारी सीआइबीले गरेको छ ।

युएनएचसीआरले नेपाल सरकारलाई थाहा नदिई अफगानीहरुलाई अस्थायी आश्रय दिएर राखेको बुझिएको छ । अफगानिस्तानमा तालिवान शासन सुरु भएपछि भागेर भारत प्रवेश गरेका उनीहरुसँग भारतीय नक्कली आधार कार्ड फेला परेको पनि प्रहरीले जनाएको छ ।

भारतीय नाकाहरुबाट अफगानीहरु नेपाल छिराउने क्रम बढेको सूचना पाएपछि गृह मन्त्रालयले नाकामा कडाई थालेकै बेला राजधानीमै अफगानीहरु फेला परेका हुन् । पूर्वी नेपालका नाकाहरुमा पनि चेक जाँचमा कडाई गरिएको छ ।

प्रतिक्रिया