एमाले स्थायी कमिटी बैठक ललितपुरमा शुरु

पालिका डायरी
५ कार्तिक २०७८, १५:४४
एमाले स्थायी कमिटी बैठक ललितपुरमा शुरु

 

काठमाडौं ।  नेकपा (एमाले)को स्थायी कमिटी बैठक सुरु भएको छ। च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक जारी छ ।

बिहीबार (हिजो) देखी सुरु भएको बैठमा १० औं महाधिवेशनको तयारी र समसामयिक विषयमा छलफल हुने नेताहरुले बताइएको छ ।

बैठकमा १० बुँदेलाई लिएर अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीपछि सिर्जना भएको विवादमाथि छलफल हुने बताइएको छ ।

बिहीबार बैठकले मंसिर १० देखि हुने पार्टीको १० औं महाधिवेशन चितवनमा गर्ने र त्यसको नेतृत्व रामबहादुर थापा बादलले गर्ने निर्णय गरिएको थियो ।

प्रतिक्रिया