मकवानपुरमा बर्षाले धान बालीमा पुर्‍याएको क्षतिबारे अनुगमन

पालिका डायरी
३ कार्तिक २०७८, २१:१७

 

हेटौंडा । आइतबारदेखि परेको लगातार बर्षाले मकवानपुरमा धानबालीमा पुर्‍याएको क्षतिबारे अनुगमन गरिएको छ । बागमती प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालका सचिव डाक्टर शरण कुमार पाण्डेको नेतृत्वमा खटिएको टोलीले जिल्लाको धानबाली क्षतिबारे अनुगमन गरेको हो ।

टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर-५ पीप्ले, वडा नम्बर-६ चौघडा, चुच्चेखोला, वडा नम्बर-१७ राजदेवि, वडा नम्बर-१६ हटिया लगायतका क्षेत्रका खेतमा किसानले लगाएको धानबालिमा भएको क्षतिका बारेमा बुझ्न अनुगमन गरिएको सचिब पाण्डेले वताउनुभयो ।

किसानले धान काटेर खेतमै फिजाएर सुकाउने क्रममा आइतबारदेखि लगातार पानी पर्दा धानबालीमा क्षति पुगेको सचिव पाण्डेको भनाई छ । बर्षाले मकवानपुरमा थोरै मात्र धानबालीमा नोक्सान पुगेको

अनुगमनका क्रममा विउविजन प्रयोगशाला हेटौंडाका बालिविकास अधिकृत कुलप्रसाद दवाडी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारी लगायतकाको सहभागिता रहेको थियो । क्षतिको विवरण संकलन गरिसकेपछी किसानलाईं राहत रकम पनि उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।

 

कृषिपाटी बाट

प्रतिक्रिया