चाडपर्व केन्द्रित सुरक्षा योजना सफल भएको प्रहरीको दावी

पालिका डायरी
२ कार्तिक २०७८, १५:२२
चाडपर्व केन्द्रित सुरक्षा योजना सफल भएको प्रहरीको दावी

काठमाडौं ।  शान्ति सुरक्षाका दृष्टिले चाडपर्व जोखिमपूर्ण मानिन्छ । चाडपर्वको मौकामा आपराधिक घटना बढी हुने गर्छन् । त्यसैले प्रहरी वर्षेनी चाडपर्व केन्द्रित सुरक्षा योजना ल्याउने गर्छ ।

काठमाडौं उपत्यकाभित्र काठमाडौं, ललितपुर र भक्तपुर प्रहरी सुरक्षा योजना सफल भएकै कारण आपराधिक घटनामा कमी आएको दावी गर्छ । विशेष सुरक्षा योजनाको लागि सादा पोसाक, युनिफर्म र ट्राफिक प्रहरी गरेर झण्डै ५ हजार प्रहरीले तीन तहमा सुरक्षा व्यवस्था मिलाएको थियो ।

यसअघि हुने गरका घटनाको सुक्ष्म अध्ययन गरी सुरक्षा योजना प्रभावकारी बनाइएकाले आपराधिक घटनामा कमी आएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुअ अशोक सिंह बताउनुहुन्छ ।

ललितपुर प्रहरीका अनुसार दशैंमा सामान्य घटना बाहेक कुनै अप्रिय घटना भएनन् । काठमाडौं, ललितपुर र भक्तपुर केन्द्रित सुरक्षा योजना प्रभावकारी बनेका कारण शान्ति सुरक्षा सबल बनेको महानगरी प्रहरी परिसर, ललितपुरका प्रमुख पज्वल महर्जनको भनाइ छ ।

प्रहरीले सार्वजनिक सवारी साधनमा हुनसक्ने लुटपाट, पकेटमार र महिला हिंसालाई मध्यनजर गर्दै सादा पोसाकमा प्रहरी, सिआरभी र क्यूआरटी मोटरसाइकललाई व्यापक परिचालन गरेको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रमुख दीपक गिरी बताउनुहुन्छ ।

शान्ति सुरक्षा भनेको जनताको मनोबल वृद्धि हो । म कसैको सहारा छु भन्ने विश्वास चाडपर्वमा मात्र नभइ ३ सय ६५ दिन नै बढाउनु आवश्यक छ ।

प्रतिक्रिया