बाढी पहिरो प्रभावितलाई उद्धार र राहतका लागि प्रधानमन्त्रीको निर्देशन

पालिका डायरी
२ कार्तिक २०७८, १५:१२
संविधानको सफल कार्यान्वयन गर्न सरकार प्रयत्नशीलः प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले देशभर बाढी पहिरोबाट प्रभावित परिवारको उद्धार र राहतका लागि निर्देशन दिएका छन् ।

मंगलबार गृहमन्त्री बालकृष्ण खाणलाई प्रधानमन्त्री देउवाले तत्काल उद्धार र राहतमा जुट्न निर्देशन दिएका हुन् ।

‘सुदूरपश्चिमलगायत मुलुकका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरूलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीलाई निर्देशन गरेको छु,’ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रतिक्रिया