सेतीले घेरियो ढुंगाड टापु, ६० जना फसे, हवाई उद्दारको पर्खाई

काठमाडौं । बैतडीमा सेती नदीको बाढी पसेसँगै ६० जना फसेका छन् ।
सिगास गाउँपालिका–५ ढुंगाडमा १० परिवारका ६० जना सेती नदीले घेरिएको टापुमा फसेका गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले जानकारी दिनुभयो ।
बाढी पसेपछि गएरातिदेखि नै केही अन्यत्र सरेका थिए । केही नजिकैको टापुमा बसेका र अहिले टापु नै डुबानमा परेपछि उनीहरूलाई हवाई उद्दार आवश्यक परेको अध्यक्ष धामीले बताउनुभयो ।
प्रतिक्रिया