बसबाट खसेका सहचालक गाेलेलाई थप उपचारकाे लागि चितवन पठायाे

पालिका डायरी
१ कार्तिक २०७८, १६:३७

मकवानपुर /  सोमबार दिउँसो मकवानपुरको मकवानपुरगढीमा गुडिरहेको बसबाट खसेर सहचालक गम्भीर घाइते भएका छन।

कान्तिलोकपथ अन्तर्गत मकवानपुरगढी-२ मोहरेमा ठिंगन बाट हेटौडा बजार जाँदै गरेको ना ४ ख १०७४ नम्बरको बसबाट खसेर सहचालक मकवानपुरगढी-२ मोडभन्ज्याङ बस्ने १९ बर्षीय बिर बहादुर गोले गम्भीर घाइते भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताएका छन।

गोलेको उपचारको लागी हेटौडा अस्पताल ल्याएकोमा यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागी चितवन स्थित पुरानो मेडिकल कलेज पठाएको र अबस्था गम्भिर रहेको बुझिएको छ।

प्रतिक्रिया