एमालेकाे वडा अधिवेशन कात्तिक ६ गते, पालिका अधिवेशन ९ गते

पालिका डायरी
१ कार्तिक २०७८, १२:३९

काठमाडौँ । नेकपा एमालेले पार्टीको वडा कमिटीहरुको अधिवेशन यही कात्तिक ६ गते गर्ने भएको छ । देशैभरका वडाहरुमा एकैदिन अधिवेशन गर्ने पार्टीले जनाएको छ । हाल देशभर देशका ६ हजार ७४३ वडा रहेका छन् ।

वडा अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रूपमा गर्ने बताइएको छ । त्यसलगत्तै कात्तिक ९ गते पालिका (स्थानीय तह)हरुमा पनि अधिवेशन गर्ने तयारी रहेको जनाइएको छ ।

प्रतिक्रिया