सरकार र अदालतबीच ‘बार्टर’ सिस्टममा सत्ता परिवर्तन : अध्यक्ष ओली

पालिका डायरी
२८ आश्विन २०७८, २१:३७
सरकार र अदालतबीच ‘बार्टर’ सिस्टममा सत्ता परिवर्तन : अध्यक्ष ओली

काठमाडौं / असोज २८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र अदालतबीच ‘बार्टर’ सिस्टममा सत्ता परिवर्तन भएको आरोप लगाउनुभएको छ ।

हालै मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशलाई कोटा दिइएको सन्दर्भ उल्लेख गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो ।

दशैंको शुभकामना आदानप्रदानका लागि गृहजिल्ला झापा पुगेका ओलीले तीन महिनापछि बल्लतल्ल पूर्णता पाएको सरकारले जेठानलाई मन्त्री बनाएको आरोप लगाउनुभयो ।

कार्यक्रममा बोल्दै उहाँले अहिले आएर थाहा भयो यो सरकार कसरी बनेको रहेछ ।’ पहिले व्यापारमा पैसाको कारोबार हुन्नथ्यो । बार्टर सिस्टमबाट चल्थ्यो । अहिले सरकार परिवर्तन पनि बार्टर सिस्टममा भएको देखियो ।’ भन्नुभयो ।

उहाँले सरकार गठनमा पैसाको कारोबार भए नभएको थाहा नभए पनि सट्टापट्टा भएको स्पष्टै देखिएको बताउनुभयो । धर्तीमै पहिलोपटक परमादेशबाट सरकार बनेको भन्दै उहाँले दशैँले यस्ता काम नगर्न सबैलाई सुमति समेत दिनुभयो ।

प्रतिक्रिया