खाद्यले दुई दिनमा एक हजार खसीबोका बेच्यो 

पालिका डायरी
२५ आश्विन २०७८, ०८:१२

 

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दुई दिनमा एक हजार खसीबोका बिक्री गरेको छ । केहीदिनअघि खरिद गरी ल्याइएका १४ सय ४९ खसीबोकामध्ये एक हजारभन्दा धेरै खसीबोका बिक्री भइसकेको खाद्यले जनाएको छ ।

दसैँका लागि दाङ र हेटौंडाबाट ल्याइएका खसी बोका खाद्यले बिक्री गरिरहेको छ । अझै साढे पाँचसय खसीबोका ल्याउने क्रममा रहेको खाद्यले जनाएको छ ।

खाद्यले शनिबारमात्रै ६ सय १८ खसीबोका बिक्री गरेको थियो । आइतबार झण्डै चारसय खसीबोका बिक्री गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयका बरिस्ठ सहायक ललितकुमार यादवले बताए ।

यादवकाअनुसार खाद्यले जिउँदो खसीबोकालाई ६५० रुपैयाँ प्रतिकिलोमा १० रुपैयाँ छुट दिँदै ६ सय ४० रुपैयाँमा बिक्री भइरहेको छ । खाद्यले दसैँको सप्तमीसम्म ग्राहकको मागअनुसार खसीबोका बेच्नेछ

प्रतिक्रिया