महामतीद्धारा ६ जना शेयर सदस्यलाई सम्मान

पालिका डायरी
२४ आश्विन २०७८, १८:१३

हेटौंडा / महामती वचत तथा ऋण सहकारी संस्थाले आफ्ना छ  जना शेयर सदस्यहरुलाई सम्मान गरेको छ । आइतबार हिन्दु नेपालीहरुको महान पर्व वडा दशैं, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा चियापान समारोहका बीच सम्मान गरिएको हो ।
श्री कृष्ण प्रणामी समाजको केन्द्र देखि जिल्ला सम्मको ५ जना सदस्यहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा श्री कृष्ण प्रणामी सेवा सतिति मकवानपुरका नवनिर्वाचित अध्यक्ष केदार प्रसाद चौलागाईं, युवा परिषद् नेपालका केन्द्रीय उपाध्यक्ष प्रमोल वाग्ले, सदस्य ईश्वर खतिवडा, जिल्ला अध्यक्ष शिव खतिवडा, बाइजुराज महिला समिति नेपालकी केन्द्रीय उपाध्यक्ष सुरसा चौलागाई, जिल्ला अध्यक्ष देवकी खतिवडा रहेका छन् ।
महामती वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मोहन बस्ताकोटीको सभापतित्वमा भएको कार्यक्रममा पुरानो नारायणी यातायात व्यवसायी संघका निर्वतमान अध्यक्ष बद्री चौलागाईं लगाएत संस्थाका पदाधिकारीहरुले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजिकरण संस्थाका सचिव बासुदेव खतिवडाले गरेका हुन् ।

प्रतिक्रिया