भारत बलियो टिम हो तर, हामी डराउँदैनौँ : प्रशिक्षक अल्मुताइरी 

पालिका डायरी
२४ आश्विन २०७८, ०७:१९

माल्दिभ्स । नेपाली फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाल र भारतबीच साफ च्याम्पियनसिप २०२१ मा प्रतिस्पर्धा हुनुअघि नेपाली खेलाडीहरुलाई हौसला प्रदान गरेका छन् । भारत बलियो टिम रहेपनि आफूहरु नडराउने भन्दै शनिबार माल्दिभ्समा आयाेजित पत्रकार सम्मेलनमा खेलाडीहरुलाई प्रशिक्षक अल्मुताइरीले जसरी पनि खेल जितेर छाड्ने हौसला प्रदान गरेका छन् ।

खेलाडीहरुलाई अल्मुताइरीले हौसला दिए, ‘भारत बलियो टिम हो । तर हामी भारतसँग डराउँदैनौं । कडा चुनौती दिनेछौँ ।’

भोलि आइतबार नेपालले भारतसँग कडा प्रतिस्पर्धा गर्दैछ । प्रशिक्षक अल्मुताइरीले दुई देशबीचको खेलमा समर्थकलाई संयमित रहन पनि आग्रह गरेका छन् ।

आइतबार हुने दुई देशको खेल नतिजाले खेलको अन्तिम चरणमा को पुग्ला भन्नेबारे पनि निर्णय गर्ने वातावरण बन्ने छ । अहिले नेपाल साफ प्रतिगोगितामा दुई खेलबाट छ अंकसहित शीर्ष स्थानमा छ ।

बंगलादेशसँग बराबरीमा रोकिएको भारत चौँथो स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको बंगलादेशले भारतलाई चुनौतीपूर्ण खेलको सामाना गर्दै दोस्रो स्थानमा उक्लिन सफल भएको थियो ।

अहिले माल्दिभ्सको खेलको तेस्रो स्थानमा छ भने श्रीलंका पाँचौ स्थानमा रहेको छ । र, श्रीलंकाको साफ प्रतियोगिताको यात्रा लगभग टुंगिसकेको छ ।

प्रतिक्रिया