युवा रेड्क्रस सर्कल हेटौंडा -४ को अध्यक्षमा खतिवडा

पालिका डायरी
२२ आश्विन २०७८, १९:४७

 

हेटौंडा / नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखा अन्तर्गत युवा रेड्क्रस सर्कल हेटौंडा ४ को तेस्रो बार्षिक साधारणसभा भएको छ ।
साधारणसभाले सुजन खतिवडाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।

सर्कलको उपाध्यक्षमा प्रतीक कोइराला, सचिब अभि मैनाली, सहसचिब शुबोध पौडेल र कोषाध्यक्षमा मनिता जमरकटेल निर्वाचित
भएकी छिन ।
मकवानपुर जिल्लाबाट लगातार ३ पटक जिल्ला प्रथम हुन सफल युवा सर्कल मकवानपुरबाट पहिलो पटक देशमै उत्कृष्ट रेडक्रस सर्कलको रुपमा पुरस्कृत भएको थियो ।

हेटौंडा ४ पशुपति मन्दिरको सभाहलमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला सभापति सुर्यचन्द्र न्यौपाने, हेटौंडा उपशाखा सभापति शिबहरि दाहाल, उपशाखाका सल्लाहकार हरिप्रसाद पौडेल, तेजप्रसाद रुपाखेती, जिल्ला जुनियर / युवा समितिका सदस्य सागर लम्साल, उपशाखाका उपसभापति प्रतिमा गौतम, सचिब किशन घिसिङ्ग, उपसचिव प्रकाश सुबेदी, उपकोषाध्यक्ष कृष्ण दाहाल, सदस्य सबिता लामिछाने लगायतले मन्तब्य वक्त गर्नुभएको थियो ।
कार्यक्रम युवा रेडक्रस सर्कलका अध्यक्ष हिक्मत श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया