एमाले मकवानपुरद्वारा शुभकामना आदान प्रदान

मकवानपु्र/ एमाले मकवानपुरले नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावलि तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
शुक्रबार बिहान भएको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै नेकपा एमालेकी केन्द्रीय उपाध्यक्ष एवं बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले संस्कृति र परम्परा सबैको साझा पर्व रहेको बताएकी थिइन् ।
कार्यक्रममा बागमती प्रदेशका मन्त्रीहरु, मकवानपुरबाट प्रतिनिधित्व गर्ने संघीय तथा प्रदेशका सांसदहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु लगायतकाको सहभागिता रहेको थियो ।
एमाले मकवानपुरका अध्यक्ष बद्री लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा एमाले मकवानपुरका सचिव एकालाल श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए ।
प्रतिक्रिया