घरको छतबाट हाम्फालेर नेपाल वायुसेवा निगमका पूर्वअध्यक्षले आत्महत्या गरे

पालिका डायरी
२१ आश्विन २०७८, १५:३२
घरको छतबाट हाम्फालेर नेपाल वायुसेवा निगमका पूर्वअध्यक्षले आत्महत्या गरे

काठमाडौं ।  नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाप्रसाद चतुर्वेदीले आत्महत्या गरेका छन् । उनले चारतला माथिबाट हामफालेर अत्महत्या गरेको भिडियो सिसी क्यामेरामा कैद भएको पाइएको काठमाडौं प्रहरीले बताएको छ ।

क्यामेरामा उनी माथि गएको र हामफालेको पनि दृष्य कैद भएको प्रहरीले बताएको छ । हाल उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतलामा लगिएको प्रहरीले बताएको छ ।

भ्रष्टाचारसम्बन्धी कसूरमा उनी डेढ वर्ष जेल बसेका थिए । काठमाडौं–७, बुलबुलेमा उनको घर निर्माण हुँदैछ । उनी उक्त निर्माणाधीन घरको अगाडि उनको शव फेला परेको थियो । उनी पछिल्लो समय डिप्रेशनबाट पीडित भएको बताइएको थियो ।

प्रतिक्रिया