बागमतीकी मुख्यमन्त्री शाक्यले असोज २४ गते विश्वासको मत लिने

पालिका डायरी
२० आश्विन २०७८, २०:५८
बागमतीकी मुख्यमन्त्री शाक्यले असोज २४ गते विश्वासको मत लिने

हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने तयारी गरेकी छिन् । मुख्यमन्त्री शाक्यले असोज २४ गते नवौं (हिउँदे) अधिवेशन आह्वान गरेर त्यसै दिन प्रदेश सभामा विश्वासको मत लिने निर्णय गरेकी हुन् ।

बुधबार बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले असोज २४ गते आइतबार दिउँसो ३ बजे प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ ।

हाल प्रदेश सभामा १ सय ९ सदस्य रहेका छन् । एमाले छुट्टिएपटि पनि सबैभन्दा ठूला दल नेकपा एमाले नै रहेको छ । एमालेबाट प्रदेश सभामा ४३ सांसद छन्।

तर, माधव नेपाल समूह एमालेबाट अलग्गिएर गएपछि एमालेकी मुख्यमन्त्री शाक्य अल्पमतमा छिन् । उनले प्रदेशसभामा विश्वासको मत ५५ सांसदको समर्थन पाउनुपर्छ । तर, उनीसँग विश्वास जुटाउने कुनै पनि आधार देखिँदैन ।

जबकि सत्तारुढ गठबन्धन दल नेपाली कांग्रेसको २२, माओवादी केन्द्रको २३, नेकपा एकीकृत समाजवादीका १३ गरी ५८ सांसद हुन्छन् । जुन सरकार गठन गर्नका लागि आवश्यक बहुमत हो ।

गठबन्धन बाहिरका विवेकशील साझाका ३, राप्रपा र नेमकिपाको २÷२ र एक जना स्वतन्त्र गरी ८ सांसद छन् । यी सबै सांसद गन्दा ५१ जना मात्र हुन्छ र अझँ ४ जना सांसदको मत पाउनुपर्छ ।

प्रतिक्रिया