३८ क्वीन्टल सुन तस्करी र सनम ह’त्या काण्डसम्बन्धी मुद्दाको फैसला आज

पालिका डायरी
१९ आश्विन २०७८, १५:१३
३८ क्वीन्टल सुन तस्करी र सनम ह’त्या काण्डसम्बन्धी मुद्दाको फैसला आज

काठमाडौं । ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम अर्थात (करिब ३८ क्वीन्टल) सुन तस्करी प्रकरण र सोसँग सम्बन्धि मुद्धाहरुको फैसला आज हुँदैछ । फैसलाका लागि अन्तिम तयारी भइरहेको जिल्ला अदालत मोरङले जनाएको छ ।

कुनै प्राविधिक समस्या नआए आजै फैसला आउने अदालतका श्रेस्तेदार टीकेन्द्रवीर जंग राणाले बताए । उनले भने, ‘सनम हत्या साथै करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणको फैसलाको अन्तिम तयारी भइरहेको छ। कुनै प्राविधिक समस्या नआएमा आज दिउँसो मुद्दाका फैसला हुन्छ।’

सुन तस्करी प्रकरण र सनम हत्या काण्डाको मुद्धा न्यायाधीश भरत लम्सालको इजालस रहेको छ । उक्त प्रकरणमा प्रतिवादी र वादी नेपाल सरकार पक्षका कानुन व्यवसायीबीच करिब एकसाता बहस चलेर आइतबार सकिएको थियो ।

मोरङ उर्लाबारीका ‘गोरे’ भनिने चूडामणि उप्रेती मुख्य अभियुक्त रहेको मुद्दामा नेपाल प्रहरीका उच्च अधिकारीसहित ७७ जनालाई प्रतिवादी बनाइएको छ।

मुद्दामा उच्च प्रहरी अधिकारी, तस्करीको सुनका लगानीकर्ता, त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल र विभिन्न एयरलाइन्समा सम्मेलित कर्मचारीहरुलाई र ‘गोरे’का सहयोगीहराई प्रतिवादी बनाइएको छ ।

जसमध्ये ५० भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये अदालतको आदेशमा धेरैजसो छुटेका छन् भने केही कारागारमै रहेका छन् ।

त्यस्तैगरी झण्डै दुईदर्जन अभियुक्त फरार रहेका छन् । व्यपारीहरुको लगानी र गोरेको सेटिङमा दुुबइबाट सुन तस्करी गरेर उनीहरले सुन ल्याउने गरेको प्रहरी अनुसनधानबाट खुलेको थियो । उक्त करिब ३८ क्वीन्टल सुन पनि ‘गोरे’सहितको समूहले तस्करी गरि ल्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरी अनुसन्धानमा २०१५ जुलाईदेखि २०१६ अगस्टसम्ममा गोरेको समूहले उक्त परिणममै सुन तस्करी गरेर ल्याएको थियो।

सुन तस्करी गरेर ल्याउने क्रममा त्रिभूवन अन्तर्राष्टिय विमानस्थलको सुरक्षामा खटिएका प्रहरी अधिकारीसँग ‘सेटिङ’ मिलाएर ल्याउने गरेको प्रहरीले अनुसन्धानबाट पत्तो पाएको थियो ।

तस्करी गरेर ल्याइएको उक्त सुन भने अझै फेला पर्न सकेको छैन । तस्करीकै साढे ३३ किलो सुन २०७४ साल माघ ९ गते गायब भएको थियो ।

उक्त सुन गायव बनाएको आरोपमा मोरङको उर्लाबारीका सनमको हत्या भएको थियो । उनी सुन बाक्ने भरियाको रुपमा ‘गोरे’ समूहमा अबद्ध रहेको खुलेको थियो ।

प्रतिक्रिया