काठमाण्डौं जाँदै गरेको स्कारपिओ दुर्घटना

पालिका डायरी
१९ आश्विन २०७८, १४:३३
kilekhani

हेटौंडा/ हेटौंडा बाट काठमाण्डौं जाँदै गरेको स्कारपिओे इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ राकसखोलामा दुर्घटना भएको छ । मंगलबार दिउँसो भीमफेदी  कुलेखानी हुँदै काठमाण्डौ जाँदै गरेको स्कारपिओे राकसखोला सडकबाट करिब ५० मिटर तल पुगेर दुर्घटना भएको स्थानीय आशबहादुर भ्लोनले जानकारी दिए । प्रदेश ०३ – ०११०२२ च ३४९२ नम्बरको स्कारपिओ अनियन्त्रित भई दूर्घटना भएको बताइएको छ । उक्त गाडीमा चालक मात्रै रहेको र उनलाई सामान्य चोटपटक मात्रै लागेको छ ।

प्रतिक्रिया