सरकारलाई नेविसंघको प्रश्न- चुच्चे नक्सामा समेटिएका महाकाली पारिका गाउँमा किन जनगणना नगरेको

पालिका डायरी
१८ आश्विन २०७८, ११:०९
सरकारलाई नेविसंघको प्रश्न- चुच्चे नक्सामा समेटिएका महाकाली पारिका गाउँमा किन जनगणना नगरेको

काठमाडौं ।   नेपाल विद्यार्थी संघ (नेविसंघ)ले चुच्चे नक्सामा समेटिएका महाकाली पारिका गाउँमा जनगणना गर्न सुरपरिवेक्षक किन नपठाएको भन्दै सरकारसँग प्रश्न गरेको छ ।

जनगणनाको अन्तिम दिनसम्म महाकाली पारिको कालापानी, लिपुलेक क्षेत्रमा घर तथा घरपरिवार सूचीकरण हुन नसकेको भन्दै नेविसंघले सरकारलाई प्रश्न गरेकाे हाे ।

‘यस बिषयमा नेपाल विद्यार्थी संघको गम्भीर ध्यानाआकृष्ट भएको छ’,महामन्त्री बलदेव तिमल्सिनालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पहिलो चरणको सूचीकरणका लागि उक्त क्षेत्रमा जान नेपालबाटै बाटो नभएको र भारतको बाटो भएर जानका लागि सरकारले नअह्राएको भन्दै जिल्ला तथ्यांक कार्यालयले सुपरिवेक्षक नै पठाएको छैन ।

‘महाकालीपारि दार्चुलाको व्यास गाउँपालिका–१ को छाङरुक, तिंकर र त्योसँगै जोडिएरको कालापानी, लिपुलेक क्षेत्रमा २०१८ सालपछि जनगणना हुन सकेको छैन । अहिले पनि घरपरिवार सूचीकरण हुन नसक्नु दुखद बिषय हो’, नेविसंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

चुच्चे नक्सामा परेको क्षेत्रमा नेपाली भूमि भएरै जान सुपरिवेक्षकका लागि बाटो नभएको, भारत भएर जान सुरक्षाको चुनौती भएकाले लगत संकलन गर्न कठिन देखिएको हुँदा त्यसका लागि कूटनीतिक पहल गर्न नेपाल सरकार र परराष्ट्र मन्त्रालयसंग नेविसंघले माग गरेको छ ।

प्रतिक्रिया