आगामी निर्वाचनमा तीनै तहमा बहुमत ल्याउने निर्णयसहित सकियो एमाले विधान महाधिवेशन

पालिका डायरी
१७ आश्विन २०७८, २०:१५
आगामी निर्वाचनमा तीनै तहमा बहुमत ल्याउने निर्णयसहित सकियो एमाले विधान महाधिवेशन

काठमाडौं ।   ललितपुरको गोदावरीस्थित सनराइज हलमा तीन दिनदेखि जारी नेकपा एमालेको विधान महाधिवेशन सकिएको छ । आगामी मंसिरमा पार्टीको दशौं महाधिवेशन गर्ने घोषणा गर्दै आइतबार एमालेको पहिलो विधान महाधिवेशन सकिएको हो ।

विधान महाधिवेशनमा तीनवटा प्रस्ताव पारित गरिएका छन् । तीन दिने महाधिवेशनमा राजनीतिक, सांगठनिक र विधान संशोधन प्रतिवेदन पारित भएको छ । पार्टीमा कार्यकारी पद र ७० वर्षे उमेर हद भने कायमै राखिएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा तीनै तहमा जित्नेगरी पार्टी काममा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।आगामी सबै तहका अधिवेशनहरु सम्पन्न गरेर दशौं राष्ट्रिय महाधिवेशन बुटलमा गर्नतर्फ सबै केन्द्रित हुनुपर्ने ओलीको निर्देशन छ ।

यसैगरी पार्टीको अर्काे मुख्य उद्धेश्य भनेको आगामी तीनै तहका निर्वाचनमा पार्टीले बहुमत ल्याउन केन्द्रित हुुनुपर्ने निर्णयसहित तीन दिने विधान अधिवेशन सम्पन्न भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

प्रतिक्रिया