अपराधीलाई साथ दिनुभन्दा बेइमानलाई नै साथ दिनु उचित ठाने : रामकुमारी झाँक्री

पालिका डायरी
१७ आश्विन २०७८, २०:११

चितवन । नेकपा एकिकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले अपराधीलाई साथ दिनुभन्दा बेइमानलाई साथ दिएको गर्व महशुस गरेकी छिन् ।

आइतबार चितवनमा नेकपा एकिकृत समाजवादी पार्टीको रत्ननगर कमिटी घोषणा सभामा राजनीतिक अपराधी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिनुभन्दा बेइमानी नै भएपनि नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई साथ दिनु गर्व रहेको बताइन् ।

प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली राजनीतिक अपराधी भएको आरोप लगाएकी छिन् । लोकतन्त्रको मर्मविपरीत पटक पटक संसद विघटन गरेको भन्दै ओली राजनीतिक अपराधी भएको उनले आरो लगाइन् ।

झाँक्रीले ओली अपराधी भएको र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल बेइमान भएकोमा आफूले अपराधीलाई साथ दिनुभन्दा बेइमानलाई साथ दिएको जिकिर गरिन् ।

नेतृ झाँक्रीले एमालेसँग आगामी निर्वाचनमा जनतासामु जानका लागि एजेण्डा नै नभएको तर्क गरेकी छन् । एमालेका नेता कार्यकर्ताले ‘हामीलाई भोट दिनुहोस् हामी तीन महिनामै संसद विघटन गर्छाैँ’ भनेर भोट माग्नुपर्ने अवस्था आउने भन्दै व्यंग्य गरिन् ।

अध्यक्ष ओलीले ‘म भ्रष्टचार गर्दिन, गर्न पनि दिन्न’ भन्ने नारा ल्याएको तर त्यहीँ नाराको पछ्याईमा व्यापक भ्रष्टचार भएको आरोप पनि उनले लगाइन् । उनले एकिकृत समाजवादी पार्टी तत्कालै कुनैपनि पार्टीसँग एकता गर्ने पक्षमा नरहेको पनि प्रष्ट परिन् ।

प्रतिक्रिया